२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एटीपी फाइनल्सको उपाधि मेदभेदेबलाई



काठमाडौं । रुसका डानिल मेदभेदेब वर्षको अन्तिममा हुने टेनिस प्रतियोगिता एटीपी फाइनल्स उपाधि जितेका छन् ।

लण्डनमा आइतबार राति भएको फाइनलमा एक सेट हारेर पनि पुनरागमन गर्दै अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै मेदभेदेबले उपाधि जितेका हुन् ।
चौथो वरियताका मेदभेदेबले तेस्रो वरीयताका थिमलाई ४(६, ७(६, ६(४ को सेटमा पराजित गरे ।

२४ वर्षीय मेदभेदेबको यो करियरकै सबैभन्दा ठूलो उपाधि हो । पहिलो पटक एटीपी फाइनल्सको उपाधि जित्ने क्रममा मेदभेदेबले शीर्ष वरीयताका तीन खेलाडीलाई पराजित गरे ।

लण्डनमा अन्तिम पटक एटीपी फाइनल्स आयोजना भएको हो । अर्को वर्षदेखि यस प्रतियोगिता इटलीको टुरिनमा हुनेछ ।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार ००:००  १ : ४० बजे