२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाग्मती प्रदेश लोकसेवा आयोले माग्यो ४६९ कर्मचारी




चितवन । वाग्मती प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्रदेश स्तरमा भएको लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारी माग गरेको हो ।

प्रदेशका दुई मन्त्रालय र पालिकामा गरी सहायक स्तर चौथो तहका ४ सय लागि कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।
प्रदेशभरिका ४४ वटा पालिका र वाग्मती प्रदेशको दुईवटा मन्त्रालयका २२ जना गरेर ४ सय ६९ जनाको दरबन्दी माग गरिएको अध्यक्ष श्रेष्ठले भनाई छ ।
प्रदेशले निजामती सेवा वार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरेको छ । प्रदेशका एक सय १९ वटा पालिका मध्येमा २२ वटा पालिकाले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विवरण पठाएका हुन् । प्रदेश सरकारका ७ वटा मन्त्रालयमध्ये दुईवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयले २ जना कर्मचारी माग गरेको छ ।

थप विवरणका लागि याे लिंकमा जानुहोस्

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार ००:००  ९ : ४७ बजे