२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापमा १७ जना कोरोना संक्रिमत भेटिए



रामेछाप – रामेछापका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा जिल्लाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा जानकारी गराएको हो ।

उनिहरु गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउलिकाका रहेको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले बताए । उनिहरु छिमेकी मुलुक भारतबाट आएको र सबै क्वारेन्टाइनमा रहेको पनि उनले बताए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २०७७, २३ जेठ शुक्रबार ००:००  १ : ०७ बजे