२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोक्सी आरोपमा महिलामाथि कुटपिट




सिराहा। बोक्सी आरोपमा सिराहाकी एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । सिराहाको मिर्चैया नगरपालिका– ११ गदहवाकी ४० वर्षीया प्रमिलादेवी यादवलाई छिमेकीले निर्घात कुटपिट गरेका हुन् ।

 उनले प्रहरीमा उजुरी दिएपछि स्थानीय बासिन्दाले दबाब दिएर २५ हजारमा गाउँमै मिलापत्र गराएका छन् ।

गदहवाकै दुखी यादवलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै उनका तीनजना छोराले कुटपिट गरेको प्रमिलादेवीले बताइन् । ‘बोक्सी भन्दै तीनै दाजुभाइले कुटे,’ उनले भनिन् ।

बोक्सीको आरोपमा दुखी यादवका तीनजना छोरा लक्ष्मण, श्याम र अरुणकुमारले कुटपिट गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलालप्रसाद जैसवालले बताए । उनलाई ३ मंसिरमा घरमै रहेको वेला कुटपिट गरिएको थियो । मिर्चैया स्वास्थ्य चौकीमा उपचारपछि उनी घरमै आराम गरिरहेकी छिन् ।

घटनालगत्तै प्रहरी टोली गाउँमा पुगेको थियो । उनले दिएको जाहेरीका आधारमा प्रहरीले घाउ जाँच गराएको डिएसपी जैसवालले बताए । प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि स्थानीयले मिलापत्र गराउन दबाब दिएका हुन् । पञ्चायत बसेर आइतबार मिलापत्र गराएको पाइएको डिएसपी जैसवालले बताए । ‘स्थानीय बासिन्दाले महिलामाथि दबाब दिएर पञ्चायत गरी २५ हजार रुपैयाँमा मिलापत्र गराएका रहेछन्,’ उनले भने ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार ००:००  १० : ५९ बजे