२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट ४५० मेगावाट बिजुली ल्याउने सरकारको तयारी



काठमाडौं।नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली आयात गर्ने तयारी गरेको छ। वर्षायामभन्दा हिउँदमा बिजुलीको आन्तरिक उत्पादन घट्ने भएकाले माग पूरा गर्न भारतबाट ४५० मेगावाट बिजुली आयात गर्न लागेको हो ।

बिजुलीको माग पूरा गर्न प्राधिकरणले मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइनमार्फत यो वर्ष २५० मेगावाट बिजुली आयात गर्ने तयारी गरेको तथा उक्त प्रसारण लाइनमार्फत बिजुली आयातका लागि भारतसँग सहमतिसमेत भइसकेको प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले जानकारी दिए।
वर्षायाममा ७२१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ।

तर, मंसिर ६ गतेको प्राधिकरणको तथ्यांकअनुसार निजी प्रवद्र्धकको बिजुली उत्पादन ४६० मेगावाटमा झरिसकेको छ। सुक्खा यामसम्म पुग्दा २५५ मेगावाटसम्म घट्ने प्रारम्भिक प्रक्षेपण प्राधिकरणको छ। प्राधिकरणको जडित क्षमता ५७५ मेगावाट छ। यसमध्ये हाल ५३० मेगावाटमात्रै उत्पादन भइरहेको छ। सुक्खायाममा यसको उत्पादन क्षमता पनि घटेर ३७० मेगावाटसम्म पुग्ने प्रवक्ता तिमिल्सिनाले जानकारी दिए।
बर्सेनि हिउँदयाममा विद्युतको माग ८ देखि १० प्रतिशतले बढ्छ। प्राधिकरणअनुसार गत वर्ष हिउँदमा १३७५ मेगावाट बिजुली खपत भएको थियो। अहिलेको पिक लोड अर्थात साँझको समयमा मुलुकको बिजुली खपत करिब १२८० मेगावाट छ। आन्तरिक उत्पादनबाट अपुग भएको बिजुली अहिले पनि भारतबाट नै आयात भइरहेको छ। अहिले भारतबाट करिब २२० मेगावाटसम्म बिजुली आयात भइरहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार ००:००  १ : ३६ बजे