२०८१, ११ श्रावण शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानेभञ्ज्याङ ८ का ७५ परिवारले राहत पाए



पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ८ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ । विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनका कारण प्रभावित भएका विपन्न तथा श्रमिकलाई वडा कार्यालयले राहत वितरण गरेको हो ।

राहत वितरण गर्दै वडा अध्यक्ष भिम मगर ।

स्थानीय न्यून आयस्रोत भएका र लकडाउनका कारण अर्थोपार्जनको काम गर्न नसकेका ७५ परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष भिम मगरले जानकारी दिए । रोगबाट डराएर लकडाउनको पालना गरेर बसेका कोही नागरिक भोको बस्न नपरोस् भनेर खाना नहुनेलाई खाद्यन्न उपलब्ध गराईएको वडाअध्यक्ष मगरको भनाई छ ।

मानेभञ्ज्याङ गाउँपालिकाले अहिले गाउँपालिकाका सबै वडा मार्फत लकडाउन प्रभावितहरुलाई राहत वितरण गरिरहेको छ ।

प्रकाशित मिति : २०७७, २३ जेठ शुक्रबार ००:००  १ : ३२ बजे