२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल



प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो ।
मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण देखिएका प्रहरीका एक जना सई र अर्का जवान दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए ।

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  ५ : ०५ बजे