२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै



काठमाडौं ।देशभरका ५ वर्ष मुनिका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ खुवाइँदै छ । बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिटा खुवाउने कार्यक्रमका साथै बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिइने छ ।

६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।

२७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकाले जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ । भिटामिन ’ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयमसेविका सक्रियतामा दुई दिने कार्यक्रम सम्पन्न हुने छ ।

प्रकाशित मिति : २०७७, १० मंसिर बुधबार ००:००  १२ : २३ बजे