२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी जग्गा ‘हडपेका’ नेकपा नेता पुरी पक्राउ



झापा।दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।
दमक नगरपालिका(६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ। उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई पक्राउ गरेको हो।
‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएपछि हामीले पक्राउ गरेका हौं,’ विभागका एक अधिकारीले भने।
पुरी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश १ का सदस्य हुन्। उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा पराजित भएका थिए।
दमक नगरपालिका(८ (साबिक १३) को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोगमा पुरीमाथि विभागले अनुसन्धान गरिरहेको थियो।
झापा दमक नगरपालिका(८ (साबिक(१३ र १४)को ३० बिगाहा बढी सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको अभियोगमा अदालतले उनलाई एक लाख ८० हजार धरौटीमा रिहा गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय झापाले सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याएको अभियोगमा पुरीलाई मुख्य व्यक्ति किटान गरेर ‘दमक बालुवाटार जग्गा घोटाला’ अदालतमा पु¥याएको थियो।
पुरी उनका आफन्त, नापी तथा मालपोत कर्मचारीसहित २२ जनालाई सरकारी छाप दस्तखत कीर्तेमा विपक्षी बनाइएको थियो। मुद्दा दर्तासँगै बालुवाटार प्रकरण अदालतको नियमित कार्यसूचीमा प्रवेश गरेको प्रारम्भिक चरणबाटै पुरी धरौटी बुझाएर छुटेका थिए।
उनले हडपेको जग्गा २ लाख ८ हजार ७६६ दशमलव १५ वर्गमिटर (३० बिगाहा बढी) छ। उनले आफन्त देवकुमार पुरी, मनमाया पुरी, केशावती पुरी, भूमिका कोइराला, रमेश ढकाल र रमेश गिरीको नाममा हडपेर बेचबिखन गरेको देखिएको छ।
प्रहरीको अनुसन्धान अनुसार दुई नम्बर नापी टोली चन्द्रगढी र नापी कार्यालय दमकका कर्मचारीको मिलेमतोमा पुरीले सरकारी जग्गा हडपेका छन्।
पुरीले उक्त जग्गा आफू, आफन्त र नातेदारको नाममा ल्याई विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी अनुसन्धानमा उक्त जग्गा १४८ जना व्यक्तिलाई नामसारी तथा बिक्री गरेको देखिएको छ।

प्रकाशित मिति : २०७७, १० मंसिर बुधबार ००:००  १ : २५ बजे