२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढ्यो नेप्से परिसूचक



काठमाडौं । सेयर बजारमा निकै उल्लास छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले धेरैले बढेको छ ।

बजार खुलेसँगै उकालो लाग्ने क्रम शुरु भएको बजारमा ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको थियो । यद्यपि, ११ बजेर ३० मिनेट जादा नेप्से परिसूचक ३९ दशमलव ७५ अंकले बढेर १ हजार ८ सय ४९ दशमलव ८६ अंकमा पुगेको छ ।

कारोबार रकम भने यतिबेलासम्म ६६ करोड रुपैयाँ भन्दा धेरै भएको छ । यस अवधीमा सबै भन्दा धेरै वृद्धि हुनेमा व्यापार समूह देखिएको छ । व्यापार समूह ८.०९ प्रतिशत अर्थात १८३ दशमलव ६३ अंकले बढेको छ ।

यसैगरी बेंकिङ समूह २३.३६ अंकले, होटल ९३।९३ अंकले, विकास बैंक ३३.५, हाइड्रोपावर १५.१९, फाइनान्स १०.१ अंकले बढेको छ । अन्य सबै समूह उकालो लाग्दा म्युचुअल फण्ड भने घटेको छ ।

प्रकाशित मिति : २०७७, १० मंसिर बुधबार ००:००  २ : ४८ बजे