२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्युठानमा बिरामी बोकेको भ्यान दुर्घटना:दुई जनाको शव फेला




चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेका भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव फेला परेको हो । उनीहरुको शव पिकअप भ्यानभित्रै भेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

१५ वर्षीया जिनिसा रोक्काको खोजी जारी छ । जिनिसा बिरामी थिइन् । उनलाई उपचार गर्न भनेर काठमाडौं जाँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशुलीमा नदीमा खसेको थियो ।

पिकअप भ्यानमा रहेका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का भने पौडिएर बाहिर निस्किएका थिए । उनी घाइते छन् । उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, ११ मंसिर बिहीबार ००:००  ११ : १७ बजे