प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले महोत्तरीको बर्दिबासमा भएको बालिका हत्या घटनाको विरोध प्रदर्शनमा प्रहरीले संयमता गुमाएको बताएका छन्।
बालिका हत्याको घटनामा पीडित पक्षले न्याय पाउनुपर्ने बताउँदै मन्त्री यादवले हिजो बालिकाको हत्याको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनलाई तितरवितर पार्न गोली चलाएर प्रहरीले संयमता गुमाएको बताए।
मन्त्री यादवले भने,‘शान्तिपूर्वक रूपमा राजमार्गमा आन्दोलन गरिरहेकाहरूलाई प्रहरीले विभिन्न उपाय अवलम्बन गर्न सक्थ्यो,’ ‘तर आन्दोलनकारी सँगसँगै प्रहरीले समेत धर्यता गुमायो।’