२०८२, १९ फाल्गुन मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार नजिक



काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार शुक्रबार विभिन्न जिल्लामा २७८ जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ। तीमध्ये ३३३ जना उपचारपछि निको भएर डिस्चार्ज्ड भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन्। पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन्।

प्रकाशित मिति : २०७७, २३ जेठ शुक्रबार ००:००  २ : १० बजे