चर्चित फुटबल खेलाडी एवं प्रशिक्षक डियगो म्याराडोना निधन भएको छ।
अर्जेन्टिनाको टिग्रेस्थित आफ्नै घरमा ‘कार्डियाक अरेस्ट’का कारण उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् । उनलाई मस्तिष्कसम्बन्धी समस्या पनि थियो ।
म्याराडोनाकै नेतृत्वमा सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो। सन् १९९० को विश्वकप फुटबलमा दोस्रो स्थान प्राप्त गरेको थियो। उनी विश्वकै महान् खेलाडीको रूपमा चिनिन्थे । उनको जन्म सन् १९६० अक्टोबर ३० मा उनको भएको थियो ।उनी ६० वर्षका थिए ।