२०८३, २८ जेष्ठ बिहिबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बोक्सीको घर’ नाटकमा फिल्म बनाउँदै केकी



अभिनेत्री केकी अधिकारीले नाटक ‘बोक्सीको घर’ फिल्म निर्माण गर्ने भएकी छिन्। चार वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ लाई फिल्ममा रुपान्तरण गर्न लागिएको हो। फिल्मको मुख्य भूमिकामा केकीकै अभिनय रहने छ।

सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएकी हुन्। महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरुमाथि गर्ने शोषणको वरिपरि बनेको ‘बोक्सीको घर’ नाटकको लेखन तथा सुलक्षण भारतीले गरेका थिए। केकी अधिकारी फिल्म्सले निर्माण गर्ने यो फिल्म सुलक्षण र सुब्रतराज आचार्यको निर्देशनमा बन्ने जनाइएको छ।

केकीसँगै अभिनेता गौरव पहारीको फिल्ममा महत्वपूर्ण भूमिकामा देखिनेछन्। निर्माण युनिट डेढ महिनादेखि वर्कसपमा व्यस्त छ। चार महिना वर्कसप र प्रिपोडक्सनका काम सकाइ चार महिनापछि फिल्म छायांकनको काम सुरु हुनेछ।

प्रकाशित मिति : २०७७, ११ मंसिर बिहिबार ००:००  २ : ५८ बजे