२०८१, २३ बैशाख आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थलीको पुरानागाउँमा प्याराग्लाइडिङ परीक्षण उडान सफल



रामेछाप । रामेछापको मन्थली नगरपालिकाको आकाशमा प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ । मन्थली नगरपालिका वडा नम्बर ९ स्थित स्थानापति महादेव मन्दिर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको हो ।

वडा कार्यपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तरगत स्थानापति महादेव मन्दिर क्षेत्रको पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार एवम् सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले प्याराग्लाइडिङ परीक्षण गरिएको वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर (भरत) ले बताए । पुरानो किंवदन्ती बोकेको बैह्रा महादेवको नामले परिचत स्थानापति मन्दिरलाई धार्मीक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले प्याराग्लाइडिङ र ड?«ोन क्यामेरा मार्फत थप सम्भाव्यता अध्ययन गरिएको वडाअध्यक्ष मगरको भनाई छ । मिनि महोत्सव सहितको योजना राखिएपनि कोरोनाका कारण सुरक्षा सतर्कता अपनाएर सम्भाव्यता अध्ययनको काम अघि बढाइएको  उनको तर्क छ ।

स्थानापति महादेव मन्दिर परिषरबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । प्याराग्लाइडिङ पाइलटहरु लक्ष्मण रत्न शाक्य र गोविन्द गुुरुङले २ वटा प्याराग्लाइडिङ रामेछापको पुरानागाउँको आकाशमा उडाएका थिए । उडान सुुरु र अन्त्य गर्ने स्थान सुुनिश्चित गरेर प्राविधिक हिसाबले तयार बनाउन सके यो ठाँउ प्याराग्लाइडिङ उठानका लागि योग्य हुुनसक्ने पाइलट लक्ष्मण रत्न शाक्य बताउँछन् । ‘टेकअफ गर्ने र ल्यान्डीङ गर्ने ठाउँ राम्रो बनाउनुुपर्छ । अन्य हिसाबले यो ठाउँ असाध्यै राम्रो लाग्यो ।’ उनले भने,‘मन्दिर देखि गुम्बा सम्म आकाशमा उडेरै दर्शन गर्न पाइने, लोभलाग्दा डाँडापाखा झन हामी पाइलटहरु यस्तो ठाउँमा धेर रमाउँछौं ।’ २ जना बोकेर भन्दापनि एक्लै पाइलट उडेर स्थानीयलाई मनोरञ्जन दिँदै आफुुहरु रमाउन अहिले पनि यो ठाउँ उपर्युुक्त हुुने प्याराग्लाइडिङ पाइलट गोविन्द गुुरुङले बताए । मन्थलीको पुरानागाउँ, चिसापानी सहितका क्षेत्रमा पूूर्वाधार विकास गर्न सके व्यवसायीक हिसाबले प्याराग्लाइडिङ उडान सकिने उनको भनाई छ ।

प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले पर्यटन प्रवद्र्धनमा अर्को एउटा सफलता मिलेको बताए । स्थानापति मन्दिरलाई केन्द्रभागमा राखेर यसक्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न लागिएको बताउँदै नगरप्रमुख बस्नेतले प्याराग्लाइडिङको परीक्षणले अर्को एउटा सफलताको संकेत मिलेको बताएका हुन् । ‘मन्थली नगरपालिकालाई पर्यटकीय हवका रुपमा विकास गर्न हामी लागेका छौं । आज स्थानापतिबाट प्याराग्लाइडिङको उडान पनि सफल भयो यो सुखद् सन्देश हो ।’ उनले भने,‘पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक मन्थली ल्याउन हामी जनप्रतिनिधिहरु जुुटेका छौं ।’ गाउँ र शहरलाई जोड्ने सहज र सुरक्षित नगर मन्थलीमा पर्यटक लोभ्याउने थुप्रै धार्मीक एवम् प्राकृतिक क्षेत्र रहेको नगरप्रमुख बस्नेतको भनाई छ ।

प्याराग्लाइडिङको नगरप्रमुख रमेश बस्नेत, मन्थलीका प्रमुख प्रशासकीय अधिकृत लिलानाथ पौडेल, सहितका सरोकारवालाले प्रत्यक्ष अवलोकन गरेका थिए ।

पहिलो पटक आफ्नो गाउँघरको आकाशमा प्याराग्लाइडिङमा मानिस उडेको देखेपछि स्थानीय भने चकित परेका थिए । परीक्षण उडान सफल भएपछि गाउँमा सम्भावनाको खोजि गरेर नयाँ अभ्यास गरेको भन्दै जनप्रतिनिधि प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७, ११ मंसिर बिहीबार ००:००  ९ : २१ बजे