२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा जिप दुर्घटनाः ५ जनाको मृत्यु



गुल्मी। गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ मा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन्।
इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना भएको हो।
नौ जना सवार रहेको जिप शुक्रबार बिहान भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय गुम्मीका एसपी प्रविणलाल श्रेष्ठले बताए।

दुर्घटनामा परेर इस्मा वडा नम्बर ४ का ३३ वर्षका धनबहादुर अछामी, ६५ वर्षका डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, मालिका गाउँपालिका वडा नम्बर ५ की करिब ८० वर्षिया सुन्दरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ। जिपमा रहेकामध्ये एक जना सकुशल छन्।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार ००:००  ११ : ०१ बजे