२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभिलाषालाई पाकिस्तानमा स्वर्ण



काठमाडौं।नेपालकी टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यू–१८ प्रतियोगिताको सर्किट–१ मा स्वर्ण पदक जितेकी छन् ।
महिला डबल्सको फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासँग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरेका थिए ।

एकलमा अभिलाषा दोस्रो भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जानकारी दिए । पाकिस्तानमा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावत दोस्रो भए । फाइनलमा नेपाली जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आइतबार ००:००  ११ : ४३ बजे