२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपालको चायाबाट छुटकारा पाउने घरेलु उपाए




कपाललाई राम्रो बनाउन मानिसहरु विभिन्न प्रकारका उपायहरु अपनाउँछन् । महङ्गो प्रोडक्टस्को प्रयोग, डाक्टरको सल्लाह लिने, आयुर्वेदिक तरिका, घरेलु उपाय लगाउने गर्छन् । तर, कतिपय अवस्थामा जति गरेपनि यसबाट छुटकारा पाउन गाह्रो हुन्छ ।

चाया हटाउने १० घरेलु उपाए

१. एक चम्चा माटोमा . गोलभेडाको पेस्ट  मिलाएर  पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ ।

२.अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ ।

३. रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

४.करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

५.एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ ।

६.दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ ।

७. सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस  गर्नुस ।  एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

८.ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ ।

९.नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

१०. एक ग्लास पानीमा  चार चम्चा  बेसन घोलेर  पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आइतबार ००:००  १ : ४७ बजे