२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सातवटै प्रदेशका ३९६ स्थानीय तहमा अस्पताल बन्दै,एकैपटक शिलान्यास



सरकारले संयुक्त रूपमा तीन सय ९६ अस्पतालको शिलान्यास गर्ने भएको छ।
अस्पताल नभएका सबै स्थानीय तहहरूमा पाँचदेखि १५ शैयासम्मका अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अस्पताल भवन दुई वर्षभित्र निर्माण सकेर त्यहाँ स्वास्थ्य उपचारका सेवा सुचारू गर्ने गरी तयारी गरिएको हो।स्थानीय तहमा अस्पताल निर्माण गर्न हालै अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिएको थियो।
५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि शिलान्यास गर्न लागिएको हो।
पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन वहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
अर्थले स्थानीय तहमा अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ।
अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले करिब एक महिनाअगाडि बैठक गरी मंसिर १५ मा अस्पताल निर्माण कार्य थाल्ने बताएका थिए।
नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराउन स्थानीय तहमा अस्पताल बनाउन लागिएको हो।

प्रकाशित मिति : २०७७, १५ मंसिर सोमबार ००:००  ११ : २५ बजे