२०८१, १७ माघ बिहीबार | Fri Jan 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘श्रद्धाञ्जली’लाई‘आयु बढ्यो’ भनेर स्वीकार गरेँ: कलाकार मनोज गजुरेल



काठमाडौं । हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेलले कोरोना जिते तर उनी पूर्णरुपमा ठिक भइसकेका छैनन् । अहिले पनि उनी स्वास्थ्यलाभ गरिरहेका छन् । उनि भन्छन् अहिले मेरो अवस्था एकदमै सुधारोन्मुख छ । केही शारीरिक कमजोरीबाहेक अन्य सबै ठिक छ । अस्पतालमा रहँदा मेरो बारेमा बाहिर विभिन्न समाचारहरु आएछन् । ती कुनै पनि समाचारबाट म त्यहाँ सुसूचित थिइनँ वा भनौँ मलाई केही जानकारी थिएन । किनभने अस्पताल गएको दिनदेखि म फोन चलाउने स्थितिमा थिइनँ । मेरो शरीरमा पाइप झुन्ड्याइएको थियो । मोबाइल चलाउनु मेरो स्वास्थ्यको हितका लागि पनि थिएन । त्यसैले अस्पताल छँदा आफ्ना बारेमा बाहिर आएको समाचारको जानकार थिइनँ ।

जब अस्पतालबाट फर्किएँ, सबै विषयमा जानकार भएँ । मजस्तो बिरामी, मलाईभन्दा गाह्रो भएका मानिस र मृत्युको मुखमा पुगेका मानिसहरु पनि धेरै हुनुहुन्थ्यो । उहाँहरुको विषयमा केही पनि समाचार आएनछ ।कलाकार भएको हिसावले, मिडियामा चिनिएको हिसाबले मेरो समाचार आएका होलान् तर ठूलै समाचार बनाउने इस्यु त थिएन ।
तर, म आईसीयूमा पुगेपछि के होला, कसो होला भनेर विभिन्न समाचार बनेछ । मलाई श्रद्धाञ्जलीका कुरा पनि आएछन् । ती श्रद्धाञ्जली हाम्रा पितापुर्खाले भनेझैँ ‘आयु बढ्यो’ भनेर स्वीकार गरियो ।

प्रकाशित मिति : २०७७, १५ मंसिर सोमबार ००:००  ११ : ४७ बजे