२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछाने अस्पताल भर्ना



काठमाडौं।नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको स्वास्थ्य सामान्य रहेको छ।कोरोना संक्रमित भएपछि ह्याम्स अस्पताल भर्ना भएका उनको स्वास्थ्य सामान्य रहेको उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए।

उनले सन्दीपलाई अस्पतालको कोभिड क्याबिनमा भर्ना गरिएको र अवस्था सामान्य रहेको बताए।
‘बिहान मात्र कुरा भएको थियो। सबै सामान्य छ,’ उनले भने।

सिवाकोटीका अनुसार शरीर अलिक कमजोर महशुस भए पनि सन्दीपलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको हो। उनले सन्दीप एक्लै बसिरहेकाले हेरचाहमा समस्या होला भनेर अस्पतालमै भर्ना गरिएको बताए।
सन्दीपले गत शनिबार ट्वीटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए। सन्दीपसँगै रहेका सिवाकोटीलाई पनि पोजेटिभ देखिएको छ। उनले आफू होम आइसोलेसनमै रहेको बताए।

‘बुटवलबाट हामीसँगै फर्किएका थियौं। सुरूमा मलाई पोजेटिभ र सन्दीपको नेगेटिभ देखिएको थियो। पछि तीन चार दिनमा पुनः परीक्षण गर्दा सन्दीपको पनि पोजेटिभ देखियो,’ उनले भने।

प्रकाशित मिति : २०७७, १५ मंसिर सोमबार ००:००  २ : १५ बजे