२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक सुरू



काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ।
यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पेजको राजनीतिक प्रस्ताव पेश गरेका थिए। मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेश गरेका थिए।
प्रधानमन्त्री ओलीइतर पक्षले दुवै प्रतिवेदनलाई स्थायी कमिटीमा लैजानुपर्ने अडान लिएको छ। प्रधानमन्त्री ओली पक्षधरले भने दुवै प्रस्तावलाई थाती राखेर साझा प्रस्ताव बनाउनुपर्ने प्रयास गरेका छन्।
स्रोतका अनुसार ओली पक्षले प्रधानमन्त्रीले पेश गरेको प्रस्तावको जवाफ समेत दिने तयारी गरेका छन्।

प्रकाशित मिति : २०७७, १६ मंसिर मंगलबार ००:००  २ : ३५ बजे