२०८१, ११ श्रावण शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा भरुवा बन्दुकसहित एक युवा पक्राउ



ओखलढुंगा – ओखलढुंगामा भरुवा बन्दुकसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ४ सिस्नेरी निवासी २६ वर्षीय युवराज राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले घरैबाट राईलाई पक्राउ बन्दुक सहित पक्राउ गरेको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

सोमबार पक्राउ परेका राईलाई म्याद थप गरेर हातहतियार तथा खरखजना सम्बन्धि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २७ जेठ मंगलबार ००:००  १२ : ०० बजे