२०८३, २४ बैशाख बिहिबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोडियो सडक सञ्जालमा खुम्बु क्षेत्र



सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएको छ । यसअघि खुम्बु क्षेत्रमा पुग्न महँगो हवाई यात्रा र कष्टकर पैदल यात्राबाहेक अर्को विकल्प थिएन । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र माप्य दूधकोसी गाउँपालिकाको सिमानामा पर्ने दूधकोसीको अर्लाङघाटमा पुल निर्माण भएपछि सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्र खुम्बु सडक सञ्जासँग जोडिएको हो ।

सडक सञ्जालले खुम्बुलाई सोलुसँग जोडेपछि खुसी देखिएका माप्य दूधकोसी गाउँपालिका–२ का रामबहादुर राईले विगत सम्झिँदै भने, ‘उहिले यो खोला (दूधकोसी) बाबियोको डोरीमा झुन्डेर पो तर्नुपथ्र्यो ।’

खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएसँगै विश्वकै चर्चित पर्यटकीय गन्तव्य सगरमाथा प्रवेश सहज भएको खुम्बु पासाङल्हामु गाउँपालिकाकी कार्यबाहक अध्यक्ष टासी ल्हामु शेर्पाको भनाइ छ । उनी भन्छिन्, ‘खुम्बु क्षेत्र आउन लुक्ला, फाप्लुसम्म महँगो भाडा तिरेर जहाज चढ्नुपथ्र्यो । हवाई यात्रा सम्भव नभएमा सल्लेरीसम्म गाडी र त्यसपछि पैदल यात्रा गर्नुपथ्र्यो । तर, अब भने गाढी चढेरै खुम्बु क्षेत्र पुग्न सकिने भएपछि विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्या पनि बढ्नेछन् ।’ खुम्बु क्षेत्रमा बर्सेनि ४० देखि ५० हजार पर्यटक भ्रमण गर्छन् ।

प्रकाशित मिति : २०७७, १६ मंसिर मंगलबार ००:००  ४ : ०३ बजे