२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसबुकमा ब्ल्याकमेल गर्ने दुई जना पक्राउ



बारा।बारामा फेसबुक ह्याक गरी विभिन्न व्यक्तिलाई ब्ल्याकमेल गरेर रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सप्तरीको सीतापुर गाउँपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीया मनिषा गिरी छन्।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ की एक जना महिलाको फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ नदिए तिम्रा अश्लिल तस्बिरहरू नेटमार्फत् सामाजिक सञ्जालमा राखी दिने भन्दै उनीहरूले रकम ठगी गरेका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ इटहरी बजारमा रहेको आइएमइबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकालाई आपराधिक लाभ मुद्दा शीर्षकमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : २०७७, १६ मंसिर मंगलबार ००:००  ४ : २६ बजे