२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा भारतबाट फर्केकालाई क्वारेन्टीनमा राखियाे



ओखलढुंगा – ओखलढुंगाको सुनकोशी गाउँपालिका ९ कटुञ्जेमा भारतबाट आएका नागरिकलाई क्वारेन्टीनमा राखिएको छ । आगन्तुक मानिस मार्फत कोरोना भाइरसको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउँदै स्थानीय सरकारले तयार गरेको क्वारेन्टीनमा राखिएको हो ।

भारतबाट गाउँ आईपुगेका सुनकाेशी ९ का  ६ जना स्थानीयलाई नवनिर्मित स्वास्थ्य चौकी भवनको क्वारेन्टिनमा राखिएको  र उनिहरुसँगै गाउँ फर्किएका अन्य वडाका नागरिक पनि सम्बन्धित वडाका क्वारेन्टीनमा बसेकाे सुनकोशी गाउँपालिका ९ का वडाअध्यक्ष झनकुमार कार्कीले जानकारी दिए ।गाँउमा जोखिमको त्रास बढ्ने भएकाले नियमानुसार क्वारेन्टीनमा राखेर स्वास्थ्य परीक्षण पछि घर पठाईने वडा अध्यक्ष कार्कीले बताए । उनले क्वारेन्टिनमा रहनेलाई उच्च मनोवलका साथ रहन र सर्तकता अपनाउन अपिल गरेका छन् । क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै नव आगन्तुकहरुको पिसिआर जाँचको लागी आवश्यक पहल गरिने वडाअध्यक्ष कार्कीले भिजनसँग बताए ।
क्वारिन्टन व्यवस्थापनका लागि कटुञ्जे प्रहरी चौकी, वडा स्तरिय विपद पुर्व तयारी तथा प्रतिकार्य समन्वय समितीका पदाधिकारी र स्थानिय समाजसेवी वुद्धिजिवीहरु जुटेका थिए ।

सुनकाेशीका नागरिकलाइ सदरमुकामबाट गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले उद्धार गरेका थिए । अध्यक्ष अधिकारीले सदरमुकाम देखि गाउँ सम्म सवारी व्यवस्थापन गरेर वडा वडामा क्वारेन्टीनमा बस्ने व्यवस्थापन मिलाएका हुन् । 

भारत लागायत अन्य तेस्रो मुलुकबाट जिल्ला प्रवेश गर्नेको संख्या बढेको छ । मंगलबार मात्रै पनि ३५ जना नागरिकहरु ओखलढुंगा भित्रिएका छन् । कामका शिलिशिलामा भारत लगायत अन्य मुलुुकमा पुगेका नागरिकहरु लकडाउनका कारण समस्यामा परेपछि घर फर्किएका हुन् ।

उनीहरुलाई जिल्ला प्रवेश गर्ने नाकाबाटै संबन्धीत गाउँपालिका तथा नगरपालिकाको क्वारेन्टीनमा पठाईएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । उनीहरुलाई सबन्धीत पालिकामा रहेको क्वारेन्टीनमा पठाईएको छ । १४ दिन अनिवार्य क्वारेन्टीनमा बसेपछि स्वास्थ्य परिक्षण कोरोना संक्रमण नभएको यकिन भएपछि घर पठाइने जनाईएको छ ।

प्रकाशित मिति : २०७७, २७ जेठ मंगलबार ००:००  ३ : ५४ बजे