२०८३, २६ बैशाख शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचथरमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु



पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका-१ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम-१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका-१ का पर्वत गुरुङ र झापा गरामुनि-१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार ००:००  १० : ४१ बजे