२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीका दुई एसपी र इन्सपेक्टर निलम्बित



ट्राफिक कार्यालयमा रहँदा अनियमिता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी) र एक इन्सपेक्टरलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादव तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरुलाई गृहले निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।

निलम्बन गरेर उनीहरुमाथि विभागीय कारबाही गर्न लागिएको छ । आफु मातहतकै प्रहरी कार्यालयहरुबाट मासिक रुपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार ००:००  ११ : ५४ बजे