रामेछाप । जिल्लाकोे दोरम्बा गाउँपालिका–४ छ्यार्पा घर भएकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । काभ्रेको चौरी देउराली गाउँपालिकाको रजवासस्थित डिसीडब्लूसी अस्पतालका निर्देशकले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो ।
गाउँमा सुत्केरी हुन नसकेर छट्पटाएकी २३ वर्षीया शर्मिला लामालाई दोरम्बा–४ का वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’को सक्रियतामा उद्धार गरिएको छ । केएमसी अस्पतालमा शर्मिलाका अप्रेशन सफल भएको छ । उनले छोरा जन्माएकी छन् ।
२०७७, १७ मंसिर बुधबार ००:००
42
Shares











