२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीका इन्सपेक्टर चौरसिया निलम्बनमा



सिन्धुली । ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) मेघराज प्रसाद चौरसियालाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
गृहसचिव स्तरीय निर्णयअनुसार उनलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा बस्दा उनले आर्थिक अनियमितता गरेको बताइएको छ ।

आफ्नो दायित्व पूरा नगरी प्रहरी नियमावली–०७१ विपरित आचरण व्यवहार गरेको र गैरव्यवसायिक काम गरेको छानविनबाट पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेशमा रहँदा आर्थिक अनियमिता गर्ने प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेलाई पनि ६ महिनाको लागि गृह मन्त्रालयले निलम्बन गरेको छ ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार ००:००  २ : ३८ बजे