२०८१, ६ बैशाख बिहीबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएका छौं : वडाअध्यक्ष भट्टराई



काठमाण्डौं । काठमाण्डौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । वडा भित्रका सबै सडकको स्तरोन्नती, ढल निर्माण सहितका कामलाई वडाले प्राथमिकता दिएको हो ।

विगत लामो समय देखि नभएका कामहरु तीन वर्षमा गरेको वडाअध्यक्ष शम्भुप्रसाद भट्टराईले बताए । अनलाइन सरोकारसँग कुरा गर्दै वडाअध्यक्ष भट्टराईले पूर्वाधार विकास र वडाका सबै घरमा खानेपानीको पहुँच पु¥याउने योजनामा बढी ध्यान केन्द्रित गरिएको दावी गरेका छन् । ‘बाहिरी सडक मात्रै होइन घरका गल्लीहरुमा ढुंगा र ब्लक छाप्ने देखि सबै सानाठुला सडक मर्मत र पिच गर्ने काम गरिसकिएको छ ।’ उनले भने, ‘पानी सहितको एक घर एक घारा भन्ने हाम्रो चुवानी ऐजेण्डा पनि थियो । त्यो अनुसार ७५ प्रतिशत घरमा पानी सहितको धारा पुगिसकेको छ । बाँकी काम पनि जारी छ ।’ मेलम्ची खानेपानी आयोजना अन्तरगतको पाइप लाईन विस्तारको काम पनि भईरहेको वडाअध्यक्ष भट्टराईको भनाई छ ।

समृद्ध वडा निर्माणका लागि विगतमा सुरु गरिएका कामलाई पूर्णता दिँदै रचनात्मक योजना अघि सारिएको उनले बताए ।

वडाअध्यक्ष भट्टराईसँगको अन्तरवार्ता हेर्नुहोस्

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार ००:००  ५ : ०० बजे