२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको वडामा २६ करोडको पुल बन्दै



बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवास रहेको क्षेत्रमा २६ करोडको पुल निर्माण गरिने भएको छ । हेटौँडा उपमहानगरपालिका– ११ स्थित हेटौँडा–११ नवलपुर र १२ पदमपोखरी जोड्ने पक्की पुल २६ करोड ४१ लख ८७ हजार लागतमा बन्न लागेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निर्माण सुरु गरिएको पुल दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइको रहनेछ ।उक्त पुलको शिलान्यास मुख्यमन्त्री पौडेलले मंसिर १८ गते गरेका छन् ।
दुई वर्षभित्र निर्माण सक्ने गरी योजना अघि सारिएको मन्त्रालयले जनाएको छ । पुल निर्माणको ठेक्का एलिट कन्स्ट्रक्सन काठमाडौंले पाएको छ ।मुख्यमन्त्री पौडेलले पुलको शिलान्यास गर्दै बागमती प्रदेश सरकारले अघि सारेका विकासका आयोजनाहरू प्राथमिकताको आधारमा निर्माण गरिने दाबी गरे । उनले प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका विकासलाई क्रमशः अघि बढाउने हुँदा सबै क्षेत्रबाट सहयोग गर्ने आग्रह गरे । ‘सहरीकरण र समानुपातिक रूपमा प्रदेशभर विकासका आयोजनाहरू प्राथमिकताका आधारमा निर्माण भइरहेका छन्,’ उनले भने, ‘प्रदेश गौरवको आयोजनाको कामहरूसमेत सुरु भइसकेका छन् ।’

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार ००:००  ११ : १६ बजे