२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरालाई जन्मकैद



सप्तरी। खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरालाई बिहीबार अदालतले जन्मकैदको सजाय सुनाएको छ।
सप्तरीको सुरुङ्गा नगरपालिका(१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीको हत्या गरेको आरोपमा उनका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीलाई जन्मकैदको सजाय भएको हो।

जिल्ला न्यायाधीश सूर्यप्रकाश अधिकारीको इजलासले अभियुक्तलाई जन्मकैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

मादक पदार्थ सेवन गरिरहने युवकले ०७६ असार १९ गते साँझ खुकुरी प्रहार गरी आमाको हत्या गरेका थिए। घरमा कोही नभएका बेला जंगबहादुरले खुकुरी प्रहार गरी आमा धनमायाको हत्या गरेको भन्दै मृतकका पति ६५ वर्षीय लोकबहादुर पुलामीले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७६ असार २० गते उजुरी दर्ता गराएका थिए।

खुकुरी नचाउँदै बुवा र छिमेकीलाई समेत मार्ने धम्की दिइरहेका बेला उनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा गहिरो चोट लागेको अवस्थामा धनमायाको शव फेला परेको इलाका प्रहरी कार्यालय भेडियाले जनाएको छ ।

खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पुलामी ०७६ साउन ९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार ००:००  ११ : २९ बजे