२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ महिनापछि प्रशिक्षणमा नेपाली क्रिकेट टिम



कोरोना भाइरस (कोभिड-१९) का कारण नौ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमले बन्द प्रशिक्षण सुरु गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टिमले आजबाट बन्द प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षक जगत टमटाको नेतृत्वमा नौ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टिमले स्वास्थ्य सुरुक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ ।

सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ (क्यान)ले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ । यद्यपि कप्तान ज्ञानेन्द्र मल्लसहित पाँच जना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएका छैनन् ।

कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी र रोहित पौडेल कोरोना पोजिटिभ देखिएकाले मैदान उत्रिएका छैनन् । गत मंगलबार गरिको परीक्षणमा उनीहरूमा कोरोना देखिएको थियो । अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार ००:००  ११ : ४४ बजे