२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमण रोकथाम र विकासका काम सँगसँगै गर्दैछौं : वडाअध्यक्ष खड्का



काठमाडौं।काठमाडौंको बुढानिलकण्ठ नगरपलिका वडा नम्बर ४ले कोरोना व्यवस्थापन सँगसँगै विकास निर्माणका कामलाई पनि प्राथमिकता दिएको छ।
सडकको स्तरोन्नती,फोहोरमैला व्यवस्थापन सहितका कामलाई वडाले प्राथमिकता दिएको हो ।
निर्वाचनको समयमा आफुले गरेका बाचा पुरा भैरहेको वडाअध्यक्ष राजु खड्काले बताए । अनलाईन सरोकारसँग कुरा गर्दै वडाअध्यक्ष खड्काले चुनावि घोषणापत्र अनुसार आफुले विकाश निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेका दावी गरेका छन् । ‘खानेपानिको समस्या समाधान तथा साना ठुला सडक निर्माणको काम भैरहेको छ।’उनले भने, ‘‘कोरोनाको समयमा रोजगारी गुमेका तथा काम गर्न चाहानेलाई रोजगारी पनि दिएका छौँ।’’ उनले थपे ‘‘प्रत्यक ६।६ महिनामा योग सिविर पनि संचालन पनि गरिरहेका छौं।’’
वडाबासिको चाहाना अनुसार काम भैरहेको र आफुले गरेका काम प्रति वडाका नागरिक संतुष्ट रहेको खड्काको भनाई छ ।
समृद्ध वडा निर्माणका लागि विगतमा सुरु गरिएका कामलाई पुर्णता दिंदै रचनात्मक योजना अघि सारिएको उनले बताए ।भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=eYlwDtMDEMw

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार ००:००  १२ : ५३ बजे