२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरलाई कारवाहीको माग गर्दै नेकपाद्वारा प्रदर्शन



महोत्तरी । नेकपा महोत्तरीले विधिको शासन लागु गर्न भन्दै जलेश्वरमा विरोध प्रदर्शन गरेका छन् । बिहीबार महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मण्डलले करिब एक महिना अघि नेकपा र काँग्रेसका कार्यकर्ताहरुलाई मरनासन हुने गरी कुटपीट गरेको घटना महोत्तरी प्रहरी कार्यालयमा उजुरी दर्ता भएपनि कारवाही प्रक्रिया अघि नबढाएको भन्दै नेकपा महोत्तरीले जुलुस प्रदर्शन गरेको हो ।
मटिहानी नगरपालिकामा भएको घटनामा संलग्न रहेकाहरुलाई स्थानीय प्रहरी–प्रशासनले न्यायपूर्ण ढंगले कारवाही प्रक्रिया अघि नबढाएको भन्दै सदरमुकाम जलेश्वरमा वृहत विरोध जुलुस प्रर्दशन गरिएको छ । जलेश्वरको विभिन्न चोकबाट निकालिएको जुलुस प्रदर्शन जिरो माईल, शिक्षा कार्यालय र राविम क्याम्पसबाट छुट्टाछुट्टै रुपमा शुरु भएको थियो । सो जुलुस महेन्द्र चोकमा पुगेर एकीकृत भई जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गर्दै मटिहानी बसस्टैण्ड चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
हजारौँको संख्यामा रहेका नेकपा महोत्तरीका नेता कार्यकर्ताहरुले विधिको शासन लागु गर, कानुनी राज्य कायम गर, भ्रष्टाचार अन्त्य गर, सुशासन कायम गर लगायतका नाराबाजी समेत गरेका थिए ।
गत कार्तिक १० गते विजया दशमीको राति दुर्गा पूजाको मूर्ति सेलाउने क्रममा जिल्लाको मटिहानी नगरपालिकामा दुई पक्षीय विवाद भएको थियो । मटिहानी नगरपालिकाको वडा नम्बर ८ मा विजयादशमीको राति नेकपाका स्थानीय नेता विजय चौधरी र काँग्रेसका स्थानीय नेताहरु बसिरहेको बखत एक्कासीरुपमा मटिहानी नगर प्रमुख हरि मण्डलको अगुवाइमा आएको एक समुहले छुरा प्रहार गर्दै निर्घात कुटपीट गरेको आरोप नेकपा महोत्तरीका ईन्चार्ज राजु खड्काको छ ।

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार ००:००  ३ : ४७ बजे