२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खर्च कटौती गर्न प्रदेश १ सरकारको निर्देशन



प्रदेश १ सरकारले सबै मन्त्रालय र मातहतका कार्यालयहरूलाई व्यापक रूपमा खर्च कटौती गर्न विशेष निर्देशनसहित परिपत्र गरेको छ । कोभिड संक्रमण अझै समाप्त नभएकाले चालू वर्ष समयमै सरकारले खर्च कटौती गर्न कडा निर्देशनसहित परिपत्र गरेको हो ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै मन्त्रालय र मातहतका कार्यालयहरूलाई व्यापक रूपमा खर्च कटौती गर्नका लागि विशेष निर्देशनसहित परिपत्र गरेको छ ।
कोभिड संक्रमण अझै समाप्त नभएकाले चालू वर्ष समयमै सरकारले खर्च कटौती गर्न कडा निर्देशनसहित परिपत्र गरेको हो ।
आर्थिक मामिला मन्त्रालयले चालू वर्षमा ससर्त, समपूरक र विशेष अनुदानबाहेकका प्रदेश र वित्तीय सामान्यीकरण स्रोतमा आधारित सबैखाले आयोजना, कार्यक्रम र क्रियाकलापको भुक्तानी विनियोजित बजेटका आधारमा मात्र गर्न भनेको छ ।
यसैगरी गत वर्षको भुक्तानी गर्नुपरे चालू वर्षको बजेटबाट रकमान्तर गरेर आधा मात्र गर्न निर्देशन गरेको छ ।

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार ००:००  ४ : १५ बजे