काठमाडौं ।‘ मिस नेपाल वर्ल्ड-२०२०’ नम्रता श्रेष्ठ बनेकी छन्।
हिडन ट्रेजरद्वारा शनिबार आयोजित कार्यक्रममा नम्रतालाई ’मिस नेपाल वर्ल्ड-२०१९’ अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्।
नम्रता पेसाले श्रेष्ठ किन्डर गार्टेनकी शिक्षक हुन्। ’मिस नेपाल सुप्रानेसनल-२०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले ’मिस नेपाल इन्टरनेसनल-२०२०’ को ताज पहिरिहेकी छन्।
त्यस्तै, ’मिस नेपाल अर्थ-२०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।
कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् । नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।
२०७७, २१ मंसिर आइतबार ००:००
84
Shares