२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागीमा परी किशोरीको मृत्यु



कालिकोट।कालिकोटको शुभकालिका गाउँपालिका– ३ भर्तामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार राति भएको आगलागीमा परी १५ वर्षीया हिरू शाहीको मृत्यु भएको हो ।
चिसो भएका कारण न्यानो बनाउनका लागि पृथ्वीबहादुर शाहीको घरमा राति आगो ताप्न परालबाट आगो बालेको अवस्थामा आगो फैलिएर आगलागी भएको हो ।
आगलागीमा १२ वर्षीया शर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
घाइते शर्मिलालाई उपचारका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २२ मंसिर सोमबार ००:००  १ : १२ बजे