काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले जोर-बिजोर प्रणाली खारेज गर्न माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीन वटा मजदुर ट्रेड युनियनले गत १८ गते सिसिएमसी र डिसिसिएमसीलाई चिठी काट्दै मंसिर २५ गतेसम्ममा जोर–बिजोर प्रणाली खारेज गर्न अनुरोध गरेका हुन्।
व्यवसायी तथा मजदुर संगठनले माग पूरा नभए २५ गतेदेखि स्वतस्फूर्त रूपमा गाडी सञ्चालन गर्ने चेतावनी दिएका छन्।
जोर-बिजोर प्रणाली गर्दा गाडीमा भिड बढ्ने, कोरोना संक्रमण जोखिन झन् धेरै हुनका साथै मजदुर र व्यवसायी निकै समस्यामा परेको उनीहरूको तर्क छ।
कोरोना नियन्त्रणका लागि पनि जोर-बिजोर हटाउनु पर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन्।
उनले भने‘गाडी आधा भन्दा चलेका छैनन्। अफिस आवरमा गाडी चढीसाध्य हुँदैन। त्यही भएर यो नियम खारेज गर्नुपर्छ,’।
२०७७, २२ मंसिर सोमबार ००:००
14
Shares











