२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोसी–मरिन सुरुङ निर्माणको प्रतिस्पधामा १२ कम्पनी



काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि १२ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजनाले आह्वान गरेको बोलपत्रमा चिनियाँ, इरानी र भारतीयलगायतका मुलुकका निर्माण कम्पनीले प्रस्ताव पेश गरेको सिँचाइ विभागले जनाएको छ ।
विभागले अहिले ती बोलपत्र प्राविधिक पक्षको मूल्यांकनको काम गरिरहेको विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिए । उनका अनुसार मूल्यांकनबाट प्राविधिक रुपमा योग्य कम्पनीलाई सर्ट लिस्ट गरिनेछ ।
सर्ट लिस्टमा परेका कम्पनीको आर्थिक प्रस्तावमध्ये सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का हात पार्नेछ । करिब १५ अर्ब लागत अनुमनान गरिएको यो सुरुङको निर्माण थाल्न अझै एक वर्ष समय लाग्ने अनुमान विभागको छ ।

करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको ठेक्का लाग्ने चरणमा छ । यो आयोजनाका लागि सुनकोसीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।
मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ । मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ
यो आयोजनाको सुरुङ अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत नै खनिने छ । भेरी–बबई आयोजनामा सफल भएपछि दोस्रोपटक सिँचाइ विभागले सुनकोसी मरिनमा टीबीएम मेसिन प्रयोग गर्ने निर्णय लिएको हो ।

प्रकाशित मिति : २०७७, २२ मंसिर सोमबार ००:००  २ : ४२ बजे