२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७२ जिल्लामा कोरोना फैलियाे, संक्रमितको संख्या ५३३५ पुग्याे



काठमाडाैं – नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ ।

शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : २०७७, ३१ जेठ शनिबार ००:००  १० : ५१ बजे