२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा सर्वदलीय बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।पछिल्लो समय मुलुकमा राजावादीहरुको प्रदर्शन बढिरहेका वेला ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिकदलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
केही सातायता काठमाडौं उपत्यकासहित झापा, पोखरालगायतका क्षेत्रमा राजावादीले प्रदर्शन गरिरहेका छन् ।
ती प्रदर्शनमा राप्रपाले आफ्नो समर्थन रहेको बताए पनि अन्य विभिन्न राजवादी समूहहरूको प्रदर्शनमा संलग्नता देखिएको छ।सडकमा भइरहेको प्रदर्शनलाई संकेत गर्दै संघीयता, धर्मरिनपेक्षता र गणतन्त्रको पक्षमा एकजुट भएको सन्देश दिन र जनतालाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हुनसक्ने एक नेताले बताए ।

प्रकाशित मिति : २०७७, २३ मंसिर मंगलबार ००:००  १० : ४२ बजे