२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नायिका कृती सेननलाई कोरोना संक्रमण



नायिका कृती सेननले आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छिन् ।
नायक राजकुमार रावसँग नयाँ चलचित्रको छायांकनका लागि कृती चन्डीगढमा थिइन् । कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बई फर्किएकी थिइन् ।
कृती अर्को बर्षसम्मका लागि पूर्ण रुपमा व्यस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीसँग आधा दर्जन प्रोजेक्ट छन् । कृतीले आफू बीएमसी र डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्ने भन्दै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

प्रकाशित मिति : २०७७, २४ मंसिर बुधबार ००:००  ३ : ५८ बजे