२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा छोरीाले गरिन् बुवाको हत्या



उदयपुर । उदयपुरमा बुवाको हत्या अभियोगमा छोरी पक्राउ परेकी छिन्।
२८ वर्षीया अनिशा पुलामी मगरलाई बुधबार प्रहरीले आफ्नै बाबुको हत्या अभियोगमा पक्राउ गरेको हो।
लिम्चुङबुङ गाउँपालिका२ डाँडागाउँ बस्ने अनिशाले ५५ वर्षीय नेत्रबहादुर पुलामीलाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए।
दाहालका अनुसार नेत्रबहादुर मंगलबार साँझ गाउँकै एउटा बिहेमा गएका थिए। बिहेमा मदिरा सेवन गरेर घर फर्किएपछि उनले श्रीमती अस्मितालाई कुटपिट गरेको खबर अस्मिताले भोलिपल्ट छोरी अनिशालाई सुनाइन्। त्यसपछि अनिशा माइत आएर आमालाई किन कुटेको भन्दै नेत्रबहादुरमाथि कुटपिट गर्न थालिन्।
‘लाठी-मुङग्रीले कुटपिट गर्ने क्रममा नेत्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो,’ दाहालले भने।
खबर पाएपछि इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले अनिशालाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार ००:००  ३ : ०० बजे