सुनसरी । सुनसरीको कोशी कटान क्षेत्रमा २ अर्ब बढी लागतमा प्रदेश सरकारले रिफ्रेसमेन्ट सेन्टरको बुधबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् ।
शिलान्यास पछि बोल्दै मुख्यमन्त्री शेरधन राईले कोशीको बगरलाई सदुपयोग गरी निर्माण हुने यो रिफ्रेसमेन्ट सेन्टर मुलुककै र गौरवपूर्ण परियोजना हुने बताए।
राईले कटान क्षेत्रमा बन्ने पूर्वाधारयुक्त आधुनिक संरचनाले प्रदेश १ को पर्यटन प्रर्वद्धनमा समेत ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे। कोशी कटान क्षेत्रमा आधुनिक बसपार्कसहित होटल, स्वीमिङ पुल, फ्यूल सेन्टर, स्वास्थ्य चौकी, ट्राफिक र प्रहरीको बन्दोवस्ती लगायतका संरचनाहरु निर्माण हुने छन् ।
२०७७, २५ मंसिर बिहीबार ००:००
0
Shares












