काठमाडौँ । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
ललितपुर बार एसोसिएसनको महिला समिति तथा दिगो समुन्नतिका लागि सबलीकरण (राइज) ले बिहीबार संयुक्तरूपमा आयोजना गरेको ‘महिला नेतृत्व, शक्ति सम्बन्ध तथा महिला मानव अधिकार’ विषयक अन्तरक्रियामा वक्ताहरुले महिला अहिले पनि शोषित, पीडित नै रहेकाले सशक्तीकरण गरी तीनै तहका सरकारका निकायमा सहभागी गराइनुपने
बताएका हुन् ।
राइजका अध्यक्ष वरिष्ठ अधिवक्ता साधना श्रेष्ठले महिला आर्थिकरूपमा सक्षम भएमात्र उनीहरुको हक अधिकार सुनिश्चित हुने धारणा राखिन्।
नेपाल बार एसोसिसनका सदस्य रक्षा बस्यालले नेतृत्व तह गम्भीर नभएसम्म महिलाको समस्या समाधान हुन नसक्ने बताइन् ।
२०७७, २६ मंसिर शुक्रबार ००:००
0
Shares











