२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपुरमा मजदुर महिलामाथि सामूहिक बलात्कार



नवलपुर । नवलपुरको कावासोती ३ अट्ठाइस बिघामा २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । मजदुरी गर्ने ती महिलामाथि २३ मंसिरमा निर्माणाधीन घरका मालिक र सँगै काम गर्ने दुई अन्य मजदुरले सामूहिक बलात्कार गरेका हुन् ।
पीडित महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर बुधबारमा उजुरी दिएकी छिन् । पीडित महिलालाई जिल्लाको कावासोती– ३ अट्ठाइस बिघामा बलात्कार भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाट बारा पचरौता नगरपालिका– ९ कुडवाका १९ वर्षीय सन्दीपकुमार यादव र १९ वर्षीय शरदप्रसाद यादवलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहका अनुसार घटनामा संलग्न घरबेटी स्याङ्जा चापाकोट नगरपालिका– ९ साखरका घर भई हाल कावासोती– ३ अट्ठाइस बिघा बस्ने भगवत भट्टराई फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानएको छ । भट्टराईको घर निर्माणका क्रममा तीनजनाले मदिरा सेवन गरेर महिलामाथि बलात्कार गरेका थिए ।
घटनाबारे निर्माण ठेकेदारमार्फत जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाट पीडित महिलाको उद्धार गरेको छ । पक्राउ परेकालाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार ००:००  ३ : २६ बजे