२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाकाे सेवा वडाबाटै पाईने



नविन धमला

काठमाण्डाै- ओखलढुंगाको सुनकोशी गाउँपालिकाले पालिकाबाट प्रवाह गर्ने सेवा वडा कार्यालय मार्फत दिने निर्णय गरेको छ । आर्थिकवर्ष सकिन लागेकाले विकास निर्माण सहितका योजना सम्झौता देखि फरफारक सम्मका सेवा सम्बन्धित वडा मार्फत नै उपलब्ध गराउने निर्णय गरेको हो ।विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण भिडभाड गर्न नहुने र आर्थिकवर्ष सकिन लागेकाले पूर्वनिर्धारित कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने परिस्थितीलाई ख्याल गर्दै पालिकाबाट सम्पादनहुने कतिपय काम वडा मार्फत नै गर्ने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए ।

सम्बन्धित वडा कार्यालय मार्फत योजना सम्झौता, ईष्टीमेट, कार्य सम्पन्न प्रतिवेदन र बैंक खाता खोल्ने समेतका काम हुनेछन् । वडा सचिवले पालिकामा कागजात पेश गर्ने र भुक्तानीको चरणमा पुगेपछि गाउँपालिकाले उपभोक्ता समितिको खातामा रकम जम्मा गर्ने जनाईएको छ ।

चालु आर्थिकवर्षका अधिकांश योजनाको काम सकिएको र केही बाही रहेका काम पनि सरकारी निर्देशन अनुसार उच्च सतर्कता अपनाएर गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  ५ : ३३ बजे